एक तोला सुन किन्न झण्डै २ लाख रुपैयाँ चाहिने

एक तोला सुन किन्न झण्डै २ लाख रुपैयाँ चाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ २ लाख नजिक पुगेको छ । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको हो । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९९ हजारमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो २३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर २३ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।