काठमाण्डु– आइतबार सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । गत शुक्रबार २ लाख ६ सय पुगेर इतिहासकै महङ्गो बनेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँ बढेको हो ।
आज सुन २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड राखेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।
विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिँदा विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन्।




प्रतिक्रिया