काठमाण्डु– बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजारले बढेको हो ।
हिजो २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै हिजो नयाँ रेकर्ड राखेको चाँदीको भाउ आज भने तोलामा ५ रुपैयाँले घटेको छ । यो सँगै आज चाँदी २४८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ।




प्रतिक्रिया