हिजो २ लाख १२ हजार पुगेर रेकर्ड ब्रेक गरेको सुनको भाउ आज घट्यो

हिजो २ लाख १२ हजार पुगेर रेकर्ड ब्रेक गरेको सुनको भाउ आज घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । केहि हप्ता देखि निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ आज घटेको हो ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख १२ हजारमा कारोबार भएको सुन आज २ लाख ११ हजार ६ सय रुपैयाँमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर २४७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।