काठमाण्डु– मंगलबार सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३१ सयले बढेको हो ।
हिजो आज २ लाख ११ हजार ६ सय रुपैयाँमा करोबार भएको सुन आज २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड राखेको छ । हिजो २४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर २५ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया