काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले बढेको छ । चाँदी आज २५ सय ५६ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।




प्रतिक्रिया