काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत भदौ ३१ गते २ लाख १७ हजार १ सय रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ४० रुपैयाँले बढेर २६२० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।




प्रतिक्रिया