सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, शुक्रबार सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ८१० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार दुई हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेको हो ।