एकैदिन २४ सय रुपैयाँ बढ्दै सुनको भाउले राख्यो नयाँ रेकर्ड

एकैदिन २४ सय रुपैयाँ बढ्दै सुनको भाउले राख्यो नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेको हो ।

आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ । यससँगै आइतबार ३ हजार १ सय २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी सोमबार ३ हजार २ सय २० रुपैयाँ कायम भएको हो ।

सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।