अढाईलाखको छेउछाउ पुग्यो सुनको भाउ

अढाईलाखको छेउछाउ पुग्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ३ सय २५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार ३ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।