काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजारले बढेको हो ।
हिजो २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य इतिहासकै महङ्गो हो ।
यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया