आज पनि झण्डै ३ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि झण्डै ३ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको हो ।

हिजो २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ पछिल्लो ३ दिन देखि लगातार घटिरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।