एकैदिन ५ हजार ९०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ५ हजार ९०० रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।

२ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोला १ सय ७५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।