काठमाण्डु– आज मंसिर २ गते नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया