आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४३ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।