सुनको मूल्य १९ सयले घट्यो

सुनको मूल्य १९ सयले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।