काठमाण्डु – सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य सोमबारको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढी हो। सोमबार छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३२ सय रुपैयाँ पुगेको छ। यो सोमबारको तुलनामा प्रतितोला ८५ रुपैयाँले बढी हो।
सोमबार चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया