काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बुधबार ९०० रुपैयाँले मूल्य बढेको छ।
मंगलबार ५ हजार २०० ले बढेको सुन बुधबार ९०० ले वृद्धि भएको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ८०० कायम भएको छ।
मंगलबार प्रतितोला सुन २ लाख ४७ हजार ९०० पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला चाँदी ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।




प्रतिक्रिया