काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ५३ हजार ६ सयमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ३५४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया