३८ सय बाट उकालो लाग्यो चाँदीको भाउ, सुनको कति ?

३८ सय बाट उकालो लाग्यो चाँदीको भाउ, सुनको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो ।

हिजो २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले बढेर ३८०५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।