२ लाख ६० हजार नाघ्यो सुनको भाउ, चाँदीको मूल्यले पनि राख्यो रेकर्ड

२ लाख ६० हजार नाघ्यो सुनको भाउ, चाँदीको मूल्यले पनि राख्यो रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्यले पनि उचाइ लिएको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि बढेको हो ।