१७ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीले राख्यो नयाँ रेकर्ड

१७ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीले राख्यो नयाँ रेकर्ड


काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउले नयाँ किर्तीमान कायम गरेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर ३८८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यो मूल्य पनि हालसम्मकै उच्च हो ।