चाँदीको मूल्य बढ्यो, सुनको घट्यो

चाँदीको मूल्य बढ्यो, सुनको घट्यो


काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजार ३०० कायम भएको छ।

शुक्रबार सुनको भाउ २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

आइतबार चाँदीको भाउ पनि बढेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ ।

अघिल्लो दिन शुक्रबारको तुलनामा प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।