काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको हो ।
सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा २० रुपैयाँले बढेर ४ हजार २ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुन र चाँदीको यो मूल्य इतिहासकै महङ्गो हो ।




प्रतिक्रिया