सुन र चाँदीको मूल्यले बनायो रेकर्ड

सुन र चाँदीको मूल्यले बनायो रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य बिहीबारको तुलनामा १ हजार ८०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ६९ हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो दिन प्रतितोला सुन २ लाख ६७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। महासंघका अनुसार १६५ रुपैयाँले बढेर चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ।

यस्तै प्रतितोला चाँदी ४ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार सोही परिमाणको चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँ कायम भएको थियो।