काठमाण्डु– मंग्लबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।
आज सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ७० हजारमा कारोबार भएको सुन आज आज २ लाख ६२ हजार १ सय रुपैयाँमा करोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत पुस १३ गते सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ३०५ रपैयाँले घटेको छ । हिजो ४८९५ रुपैयाँ पुगेर रेकर्ड राखेको चाँदीको भाउ आज ४५९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया