एकैदिन ४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि उच्च

एकैदिन ४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि उच्च


काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ ।आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यसदिन २ लाख ६५ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँले बढेर ४६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।