२ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

२ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो ।

हिजो २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको सुन आज २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १०० रुपैयाँले घटेर ४ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।