एक तोला सुन किन्न २ लाख ८२ हजार चाहिने, चाँदीको भाउ पनि उच्च

एक तोला सुन किन्न २ लाख ८२ हजार चाहिने, चाँदीको भाउ पनि उच्च


काठमाण्डु– सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो ।

अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ८२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । हिजो प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।