३ लाख नजिक पुग्यो सुनको भाउ, राख्यो अर्को रेकर्ड

३ लाख नजिक पुग्यो सुनको भाउ, राख्यो अर्को रेकर्ड


काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो ।

हिजो २ लाख ८२ हजारमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । यसदिन चाँदी तोलामा ७० रुपैयाँले बढेर ५८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।