काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।
हिजो २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर ५९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।




प्रतिक्रिया