हिजो १० हजारले बढेको सुनको भाउ आज २९ सयले घट्यो

हिजो १० हजारले बढेको सुनको भाउ आज २९ सयले घट्यो


काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन १० हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेर ५८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ ५९२० रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।