९ हजार ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

९ हजार ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको मूल्य पनि हालसम्मकै उच्च


काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

हिजो ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनचाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।