काठमाण्डु – नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा भारी गिराबट आएको छ । आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले मूल्य घटेको हो। यो सँगै सुन तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।




प्रतिक्रिया