५२ हजार ७ सयले घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

५२ हजार ७ सयले घट्यो सुनको भाउ, चाँदी पनि घट्यो


काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । यसदिन सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो ।

हिजो प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर पाँच हजार २ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुनको भाउ तोलामा १८ हजार ८०० रुपैयाँले घटेको थियो भने चाँदी १५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै गत शुक्रबार सुनको भाउ २० हजार ५०० रुपैयाँले घटेर ३ लाख १८ हजार ८०० मा झरेको थियो ।