सुनको दैनिक बिक्री कोटा बढाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण

सुनको दैनिक बिक्री कोटा बढाउन माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल सुन चाँदी रत्न तथा आभुषण महासङ्घले सुनको अभावबाट उत्पन्न समस्या समाधान गर्न अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेको छ ।

महासङ्घले शुक्रवार सुनको चरम अभावबाट उत्पन्न समस्याको सिघ्र समाधान गर्न माग गर्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोरोनाभाईरस महामारी र उत्पन्न परिस्थितिको सामना गर्न नेपाल सरकारले गरेको देशव्यापी लकडाउनका कारण सुनको आयातमा कटौती गरि दैनिक २० देखि २५ किलो बिक्री हुँदै आएकोमा दैनिक १० किलोमा झारिएको थियो ।

तर २०७७ कार्तिकदेखि सम्पूर्ण गतिविधिहरू शुरु भएपनि सुनको दैनिक बिक्री कोटा अहिलेसम्म नबढाएकोमा महासंघले आपत्ति जनाएको छ । जसले गर्दा सुनको चरण अभाव सँगसँगै बैंकले सुनको पालो नपाई व्यवसाय नै बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको महासंघले जनाएको छ । सुन अभावको अनुचित फाइदा उठाई अवैध कारोबार बढ्नेतर्फ पनि सचेत गराएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले मौजुदा सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ का लागि सुझाव मागेको लामो समय हुँदापनि निर्णय गर्न नसकेकोमा महासङ्घले दुःख व्यक्त गरेको छ ।

महासंघ अध्यक्ष रमेश महर्जनद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कार्यविधि संसोधन गरि सुनको दैनिक आपूर्ति कम्तिमा ३० किलो पुर्याइ निर्यातकर्ताको लागि छुट्टै कोटाको व्यवस्था गर्न आवश्यक निर्देशन दिन अनुरोध समेत गरिएको छ ।