काठमाण्डु– बुधबार नेपाली बजारमा फेरि सुनको भाउ बढेको छ । सुनको भाउ आज १४ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोला २६५ रुपैयाँले बढेको छ । हिजो ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५६०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
गत माघ १५ गते ३ लाख ३९ हजार ३ सय पुगेर सुनको भाउले नयाँ रेकर्ड राखेको थियो ।




प्रतिक्रिया