काठमाण्डु– बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया