सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ ।

बिहीबार १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ शुक्रबार ३ हजार रुपैयाँले घटेर प्रति तोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बिहीबार तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।