आजपनि घट्यो सुनको भाउ, चाँदी बढ्यो

आजपनि घट्यो सुनको भाउ, चाँदी बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।