काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घटेको हो ।
हिजो ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आज ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा २७५ रुपैयाँले घटेर ५५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया