काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो ।
हिजो ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको सुनको भाउ आज ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो ।




प्रतिक्रिया