सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाली बजारमा यस दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।

यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।