आज पनि ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा झर्‍यो ?

आज पनि ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा झर्‍यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सोमबार पनि सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँ तोकिएको छ ।