छैटौं दिन पनि घट्यो सुनको भाउ, ३५ हजारले सस्तियो

छैटौं दिन पनि घट्यो सुनको भाउ, ३५ हजारले सस्तियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा मंगलबार पनि सुनको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ ६ दिन देखि लगातार ओरालो लागेको छ । यस अवधिमा सुनको भाउ ३५ हजार ६ सय रुपैयाँले सस्तिएको हो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ तोकिएको छ ।