२५ सय रुपैयाँले घट्यो सुनको भाउ

२५ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसदिन सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८६ हजारमा कारोबार भएको सुन आज २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ४ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।