एकैदिन ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन ६ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर ४ हजार ८ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।