३ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ

३ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।