काठमाण्डु– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया