झण्डै ६ हजारले बढ्यो सुनको भाउ, चाँदीको पनि उच्च

झण्डै ६ हजारले बढ्यो सुनको भाउ, चाँदीको पनि उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । यसदिन चाँदी तोलामा २२५ रुपैयाँले बढेर ५०५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।